Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

उपनिर्वाचन

विप्लव नेतृत्वको नेकपा स्थानीय उपनिर्वाचनमा भाग नलिने, आयोगमा गरेनन् दल दर्ता

विप्लव नेतृत्वको नेकपा स्थानीय उपनिर्वाचनमा भाग नलिने, आयोगमा गरेनन् दल दर्ता


  • 3.1K
    Shares

    विप्लव नेतृत्वको नेकपा स्थानीय उपनिर्वाचनमा भाग नलिने, आयोगमा गरेनन् दल दर्ता
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचनमा भाग नलिने भएको छ । आसन्न मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपाले भाग नलिने भएको हो । 

    उक्त निर्वाचनका लागि निर्वाचन आयोगले असोज १०–१६ सम्म दल दर्ता आह्वान गरेको थियो । तर, नेकपाले तोकिएको अवधिमा दल दर्ता नगरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

    उनका अनुसार एक हप्ताको समयावधिमा २५ दल दर्ता भएका छन् । जसअन्तर्गत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको छैन । 

    नेकपाले आसन्न मंसिरमा हुने स्थानीय उपनिर्वाचनमा भाग लिनेबारे कुनै निर्णय नै नगरेको पार्टी सचिवालय सदस्य कर्णजित बुढाथोकीले बताए । उनले भने, ‘हामीले निर्वाचनमा भाग लिने वा नलिने भन्नेबारे हालसम्म निर्णय गरेका छैनौँ । सायद निर्वाचनमा भाग नलिने निश्चित जस्तै छ । किनकि हामीले दल दर्ता गरेका छैनौँ र यस्तो अवस्थामा निर्वाचनमा भाग लिने भन्ने हुँदैन ।’ 

    गत बैशाख १८ मा बसेको नेकपा पाँचौ केन्द्रीय समिति बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । बैठकमा केन्द्रीय समितिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिवर्तन गर्न सम्भव भएसम्म सबै तरिका र माध्यमहरूलाई प्रयोग गर्ने निर्णय भएको बताइएको थियो ।

    नेकपाले आगामी २०८४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत भाग लिने निर्णयसमेत गरेको छ । तथापि आसन्न मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपाले भाग नलिने भएको छ । 

    यस्तो अवस्थामा नेकपाले माओवादी केन्द्रलाई सघाउन सक्छ भन्ने खबरसेन्टरको प्रश्नको जवाफमा बुढा भन्छन्, ‘माओवादी वा अन्य कुनै दललाई सघाउने भन्नेबारे पार्टीमा आधिकारिक निर्णय नभएसम्म भन्न मिल्दैन । तर, माओवादी केन्द्रलाई सघाउने कुरामा दुईमत हुँदैन । यसका लागि पार्टीले निर्णय गर्छ, गर्नेछ ।’

    माओवादी केन्द्रले आगामी निर्वाचनमा भने एक्लै लड्ने दाबी गरेको छ । आइतबार प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एक्लै चुनाव लडेर बहुमत ल्याउने दाबी गरेका छन् ।

    प्रकाशित मिति :आश्विन २१ २०८१ सोमवार - १३:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij