२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले रवि लामिछाने सहकारी ठगीमा निर्दोष भएको जिकिर गरेका छन् । आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यस्तो जिकिर गरेका हुन् ।
तपाईं प्रधानमन्त्री हुँदा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा निर्दोष रहेको भन्नुभयो ? उहाँ निर्दोष नै हो त ? पत्रकारको पश्नमा प्रचण्डले रवि सहकारी ठगीमा निर्दोष रहेको बताए ।
गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले उल्लेख गरे । आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने उनको भनाइ थियो ।
सहकारी छानबिन समिति गठनको विपक्षमा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली नै हाल प्रधानमन्त्री भएकाले उक्त प्रकरणका दोषीलाई कारबाही गर्न कसैले नरोकेको पनि प्रचण्डले बताए ।
आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई गलत ढंगले क्लिन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट उनी निर्दोष रहेको धारणा राखेको प्रचण्डले सुनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij