२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजीनामा माग गरेका छन् ।
काठमाडौं बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
प्राकृतिक विपत्तिको पूर्वतयारी राम्रो हुन नसक्दा जनधन ठूलो क्षति भएको उल्लेख गरे । जनता समस्यामा परेका भन्दै उनले वर्तमान सरकारले राजीनामा दिनुपर्नेमा जोड दिए ।
उनले हाल सरकार भएको आभास नभएको बताए । त्यसैले जनताले आफ्नो सरकार बनाउने बाटो खुला गरिनुपर्ने उनको भनाइ थियो ।
वर्तमान सरकार पूर्ण रूपमा चुकेको भन्दै भन्दै विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।
खनालले मौसमविद्ले ठूलो वर्षा हुन सक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो क्षति भएको बताए । सरकारको लापरबाहीका कारण जनता समस्यामा परेका उनले उल्लेख गरे ।
उनले प्राकृतिक विपद्पछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रित गरिएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij