२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार २ सय ६६ जनामा कोभिड पोजेटिभ देखिएको छ। हिजो तुलनामा यो झन्डै १ सय जनाले बढी हो।
१ सय २ जना भने कोभिड सङ्क्रमण मुक्त भएका छन् । २४ घण्टाको अवधिमा ४ जना कोभिड संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
अहिलेसम्म देशभर २ लाख ७८ हजार २ सय १० जनामा कोभिड पोजेटिभ देखिएको छ। ३ हजार ३६ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै २२ लाख ८९ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गरिएको छ। देशभर सङ्क्रमण बढेकाले काठमाडौं प्रवेश गर्ने प्रत्येक नाकामा अबदेखि कोभिड १९ को एन्टीजेन परीक्षण हुने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij