२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले २०८४ को चुनावमा एक्लै भिड्ने उद्धघोष गरेका छन् ।
माओवादी दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो उद्धघोष गरेका हुन् ।
प्रचण्डले कांग्रेस–एमालेको टेकोमा चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको उल्लेख गरे । उप्रान्त ०८४ को चुनावमा उनले एक्लै प्रतिस्पर्धा गर्ने उद्धघोषसमेत गरेका छन् ।
उनले भने, ‘माओवादी सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएको थियो । त्यसैले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको छ । आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थालेका छौँ ।’
कांग्रेस–एमालेले संयुक्त गठबन्धन हुँदा पनि टानको निर्वाचनमा माओवादीले सानदार विजय गरेको स्मरण गर्दै आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने बताए । यसका साथै उनले विपदमा माओवादीले उल्लेखनीय कार्य गरेको समेत उल्लेख गरे ।
२०७४ को निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेको माओवादीले २०८९ को निर्वाचनमा कांग्रेस–एकीकृत समाजवादीसँग तालमेल गरेको थियो । आगामी ०८४ को निर्वाचनमा माओवादी एक्लै प्रतिस्पर्धामा उत्रिने प्रचण्डले बताए ।
राजनीतिक विश्लेषकहरूले अहिले नै प्रचण्डले निर्वाचनबारे बोल्नु बेमौसमी बाजा भएको बताएका छन् । आगामी चुनावको अवधि अझैँ तीन वर्ष बाँकी रहेकोले अहिले नै यसो भन्नु उपुउक्त नहुने उनीहरूको तर्क छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij