Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

२३औं राष्ट्रिय सम्मेलन

अनेरास्ववियु क्रान्तिकारीको भाँडिएको सम्मेलन मंसिरमा : मिति तय, तोकिएन स्थान 

अनेरास्ववियु क्रान्तिकारीको भाँडिएको सम्मेलन मंसिरमा : मिति तय, तोकिएन स्थान 


  • 2.6K
    Shares

    अनेरास्ववियु क्रान्तिकारीको भाँडिएको सम्मेलन मंसिरमा : मिति तय, तोकिएन स्थान 
    images

    काठमाडौं । माओवादीनिकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को भाँडिएको २३औं राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ गते हुने भएको छ ।

    उमेरहद विवादका कारण रोकिएको अधिवेशन मंसिर २३ र २४ गते हुने निर्णय भएको अध्यक्ष मण्डलले जानकारी दिएको छ । 

    वीरबहादुर थापा अध्यक्ष रहेको ७ सदस्यीय अध्यक्षमण्डलले शनिबार विज्ञप्ति जारी गर्दै रोकिएको सम्मेलन मङ्सिरमा हुने बताएको हो ।

    पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहीँ १० गते उद्घाटन गरेको अधिवेशनमा उमेरहद लगाउने विषयमा विवाद भएपछि मतदानबाट समाधानको प्रयास गरिएको थियो ।

    बन्दसत्र अनिर्णित भइरहेका बेला देशभर परेको बाढीपहिरोको कारण देखाउँदै अधिवेशन बन्दसत्रबाट नै अनिश्चितकालका लागि स्थगित भएको थियो ।

    शनिबार बसेको शीर्ष तहका पार्टीका नेता तथा विद्यार्थी नेताबीच बन्दसत्रमा उत्पन्न विवाद मत विभाजनको आधारमा टुंगो लगाउने सहमति भएसँगै मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ । 

    काठमाडौंस्थित त्रिवि कीर्तिपुरमा रहेको स्मृतिसभा हलमा असोज १०–१४ आयोजित सम्मेलन भएको थियो । अब कुन ठाउँमा गर्ने भन्नेबारे टुंगो लागेको छैन ।  

    प्रकाशित मिति :आश्विन २० २०८१ आइतवार - ११:५९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij