Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रधानमन्त्री ओली संग साँठगाँठ गरेर चुनाब जितेका सांसदले राजतन्त्र फर्काउने सुनाए फर्मूला 

प्रधानमन्त्री ओली संग साँठगाँठ गरेर चुनाब जितेका सांसदले राजतन्त्र फर्काउने सुनाए फर्मूला 


  • 5.5K
    Shares

    प्रधानमन्त्री ओली संग साँठगाँठ गरेर चुनाब जितेका सांसदले राजतन्त्र फर्काउने सुनाए फर्मूला 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद लिङ्देनले अहिलेको शासन व्यवस्था असफल भइसकेको भन्दै २०६२र६३ को जनआन्दोलनपछि हटाइएको राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्ने बताए । लिङ्गदेन प्रधानमन्त्री केपी ओली संगको तालमेलमा कांग्रेसका कृष्ण सिटौलालाई पराजित गर्दै झापा ३ बाट निर्वाचित सांसद हुन् । 

    मुलुक अब राजसंस्थासहितको शासन प्रणालीमा जानुपर्ने लिङ्देनको जोड छ । 

    'हामी कहाँ जाने भनेर हिँडेका कहाँ पुग्यौँ ? काठमाडौंबाट काँकडभिट्टा हिँडेको नारायणगढबाट उल्टो हिँड्यौँ । हामीले भनेको सुनेनन्, हाम्रो आवाज सानो भयो । तर बुटवल पुगेपछि उल्टो हिँडेको थाहा भयो । आज प्रमाणित भयो हामीले अंगिकार गरेको प्रणाली गलत भयो । अहिलेको अवस्था र व्यवस्थामा सरकार परिवर्तन या नयाँ निर्वाचन जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरताको अन्त्य गर्न सकिन्‍न । यही अस्थिरता भ्रष्टाचार र वैदेशिक हस्तक्षेपले निरन्तरता पाउँछ, लिङ्देनले भने ।

    वर्तमान शासन प्रणालीले भ्रष्टाचार अनियमिताको जग बसाउने मात्र काम गरेको तर्फ इंगित गर्दै लिङ्देनले भने, 'यसबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने अवस्था आएको छ। वर्तमान सरकारसँग मेरा कैयौं विमति भए पनि गत वर्ष विखण्डनको कुरा गर्ने सिके राउत र विप्लवको कुरा गर्ने नेत्रविक्रम चन्दलाई राष्ट्रको मूल प्रवाहमा ल्याउने कामका लागि धन्यवाद !'

    जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउनु पर्ने जोड दिँदै लिङ्देनले संसदलाई पूर्णरुपमा समानुपातिक बनाउनु पर्ने र सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १५:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij