२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि देशमा विकास निर्माणसहितको राजनीतिको थालनी भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बाँस्कोटाले यस अघि कुनै पनि सरकारको प्राथमिकतामा नपरेका विषयहरु वर्तमान सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । ‘संसद्मा केही बहस उठेको छन् सरकारका बारेमा । विकासका बारेमा राजनीतिक जटिलताका बारेमा । स्पष्ट छ कि केपी नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीति राजनीतिमा केन्द्रीकृत थियो,’ बाँस्कोटाले भने, ‘विकास निर्माण जनताको सेवा, राष्ट्रिय स्वाधिनता र स्वाभिन सरकारको राष्ट्रिय एजेण्डामा पेरेको छ । खाली बाटोमात्रै होइन, पुल, विद्यालय मात्रै हाृइन । सुखी देश, जनता हाँस्न पाउने क्षेत्रमा सरकारले ध्यान दिएको छ ।’
विकास निर्माणसहितको राजनीतिमा खुसी हुन नसके नेपालका राजनीतिक दलहरु के चाहन्छन् भन्दै उनले प्रश्न गरे । ‘यसमा पनि खुसी हुन नसके नेपालका राजनीतिक पार्टीहरु आखिर के चाहन्छन् ? उनको राजनीतिक मुद्दा के हो ? एजेण्डाबिहिन नेतृत्वले मुलुकको निम्ति के दिन्छ ? मिडियामा उठ्ने टिप्पणाीका आधारमा राजनीतिमा लाग्नु ?,’ उनले भने, ‘विकास नगर्ने नै हो भने राजनीति किन गर्ने ? प्रधानमन्त्री हुन ? कुर्सीमा बस्न यत्तिको लागि हो ? हामी संसारसित सँगै हिँड्न चाहन्छौँ । परिवर्तनको लागि हामी घुम्न जाने होइन होला । परिकल्पना गर्ने होला । यतातिर ध्यान दिनुपर्छ ।’
उनले मेलम्ची खानेपानी परियोजनालाई उदाहरण दिँदै भने, ‘३० वर्ष अघि सन्त नेता किसुनजीले देखेको सपना वर्तमान केपीले पुरा गरिरहँदा, केपी ओलीले सपना देख्दा ? कामै गरेन भन्ने ?’ उनले केपी ओलीले काम गरेन भन्नेहरुलाई दुखि आत्माहरु भन्दै खेद प्रकट गरे । ‘दुखि आत्माहरुप्रति म खेद मात्र प्रकट गर्न चाहन्छु । धरहरा बनेन ? विनम्रतापूर्वक सुझाब छ । केही पनि हेर्न सुन्न सकिन्न भने कानमा रुवा कोच्ने आँखामा साउने चस्मा लगाउने टन्टै साफ,’ उनले भने, ‘यदि प्रधानमन्त्रीले अगाडि सारेको विभिन्न पञ्चवर्षीय योजनाहरु देखेर, काम अगाडि बढेको देखेर प्रेस बढेको छ भने थप बढ्ने वाला छ । विकासलाई हेर्ने दृष्टिकोण बदलौँ तथ्यमा खेलौँ आरोपमा होइन ।’
उनले सरकार कामचलाउ भएको भन्नेहरुमाथि आक्रोश पोखे । ‘सरकार कामचलाउ भयो ? के भन्या ? कसरी हुन्छ कामचलाउ ? यो सरकार कामचलाउ भएको जगभित्र के छ ? समर्थन आफू गर्ने, समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउनको निम्ति, एकदलीय, दुई दलीय तीन दलीय एजेण्डा प्रस्तुत गर्न नसक्ने ?’ उनले भने, ‘आफैँ अड्काउने आफैँ पड्काउने ? त्यो काम नगर्नुस के गर्ने त्यो गर्नुस् । प्रतिगमन भयो ? के भयो ? जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ?’
उनले चुनाव देख्ने सुन्ने बित्तिकै फोबिया हुनेहरुले केपी ओलीले काम नगरेको भनेर भनिरहेको आरोप लगाए । ‘कुनै दलले सत्ता कब्जा गरेको विषय होइन । यहाँ चेक एण्ड ब्यालेन्सको व्यवस्था हो । प्रधानमन्त्रीले वर्तमान अवस्थाको विश्लेषण गरेर संसद विघटन गर्नु भएको थियो । चुनाव देख्नेदेखि फोबिया हुने साथीहरुलाई सोध्छु यो कस्तो लोकतन्त्र हो,’ उनले भने, ‘क्रान्तिकारीभित्र क्रान्तिकारीभित्र कम्फरटेबल बाहेक केही छैन भने मेरो भन्नु केही छैन ।’
नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि देशमा विकास निर्माणसहितको राजनीतिको थालनी भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बाँस्कोटाले यस अघि कुनै पनि सरकारको प्राथमिकतामा नपरेका विषयहरु वर्तमान सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । ‘संसद्मा केही बहस उठेको छन् सरकारका बारेमा । विकासका बारेमा राजनीतिक जटिलताका बारेमा । स्पष्ट छ कि केपी नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीति राजनीतिमा केन्द्रीकृत थियो,’ बाँस्कोटाले भने, ‘विकास निर्माण जनताको सेवा, राष्ट्रिय स्वाधिनता र स्वाभिन सरकारको राष्ट्रिय एजेण्डामा पेरेको छ । खाली बाटोमात्रै होइन, पुल, विद्यालय मात्रै हाृइन । सुखी देश, जनता हाँस्न पाउने क्षेत्रमा सरकारले ध्यान दिएको छ ।’
विकास निर्माणसहितको राजनीतिमा खुसी हुन नसके नेपालका राजनीतिक दलहरु के चाहन्छन् भन्दै उनले प्रश्न गरे । ‘यसमा पनि खुसी हुन नसके नेपालका राजनीतिक पार्टीहरु आखिर के चाहन्छन् ? उनको राजनीतिक मुद्दा के हो ? एजेण्डाबिहिन नेतृत्वले मुलुकको निम्ति के दिन्छ रु मिडियामा उठ्ने टिप्पणाीका आधारमा राजनीतिमा लाग्नु ?,’ उनले भने, ‘विकास नगर्ने नै हो भने राजनीति किन गर्ने ? प्रधानमन्त्री हुन रु कुर्सीमा बस्न यत्तिको लागि हो ? हामी संसारसित सँगै हिँड्न चाहन्छौँ । परिवर्तनको लागि हामी घुम्न जाने होइन होला । परिकल्पना गर्ने होला । यतातिर ध्यान दिनुपर्छ ।’
उनले मेलम्ची खानेपानी परियोजनालाई उदाहरण दिँदै भने, ‘३० वर्ष अघि सन्त नेता किसुनजीले देखेको सपना वर्तमान केपीले पुरा गरिरहँदा, केपी ओलीले सपना देख्दा ? कामै गरेन भन्ने ?’ उनले केपी ओलीले काम गरेन भन्नेहरुलाई दुखि आत्माहरु भन्दै खेद प्रकट गरे । ‘दुखि आत्माहरुप्रति म खेद मात्र प्रकट गर्न चाहन्छु । धरहरा बनेन ? विनम्रतापूर्वक सुझाब छ । केही पनि हेर्न सुन्न सकिन्न भने कानमा रुवा कोच्ने आँखामा साउने चस्मा लगाउने टन्टै साफ,’ उनले भने, ‘यदि प्रधानमन्त्रीले अगाडि सारेको विभिन्न पञ्चवर्षीय योजनाहरु देखेर, काम अगाडि बढेको देखेर प्रेस बढेको छ भने थप बढ्ने वाला छ । विकासलाई हेर्ने दृष्टिकोण बदलौँ तथ्यमा खेलौँ आरोपमा होइन ।’
उनले सरकार कामचलाउ भएको भन्नेहरुमाथि आक्रोश पोखे । ‘सरकार कामचलाउ भयो ? के भन्या ? कसरी हुन्छ कामचलाउ ? यो सरकार कामचलाउ भएको जगभित्र के छ ? समर्थन आफू गर्ने, समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउनको निम्ति, एकदलीय, दुई दलीय तीन दलीय एजेण्डा प्रस्तुत गर्न नसक्ने ?’ उनले भने, ‘आफैँ अड्काउने आफैँ पड्काउने ? त्यो काम नगर्नुस के गर्ने त्यो गर्नुस् । प्रतिगमन भयो ? के भयो ? जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ?’
उनले चुनाव देख्ने सुन्ने बित्तिकै फोबिया हुनेहरुले केपी ओलीले काम नगरेको भनेर भनिरहेको आरोप लगाए । ‘कुनै दलले सत्ता कब्जा गरेको विषय होइन । यहाँ चेक एण्ड ब्यालेन्सको व्यवस्था हो । प्रधानमन्त्रीले वर्तमान अवस्थाको विश्लेषण गरेर संसद विघटन गर्नु भएको थियो । चुनाव देख्नेदेखि फोबिया हुने साथीहरुलाई सोध्छु यो कस्तो लोकतन्त्र हो,’ उनले भने, ‘क्रान्तिकारीभित्र क्रान्तिकारीभित्र कम्फरटेबल बाहेक केही छैन भने मेरो भन्नु केही छैन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij