Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ऐतिहासिक सम्झौता

नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुला, ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर

नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुला, ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर


  • 2.3K
    Shares

    नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुला, ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर
    images

    काठमाडौं । नेपालको बिजुली बंगलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

    बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

    ऊर्जामन्त्री दीपक खड्का र बंगलादेशी उर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवाना हसनको उपस्थिति थियो । सम्झौता अनुसार प्रारम्भिक चरणमा बंगलादेशले ४० मेगावाट बिजुली आपूर्ति गर्नेछ ।

    यसको आपूर्ति प्रणाली व्यवस्थापनमा भारतीय पक्षले आवश्यक सहयोग गर्नेछ । आयात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ । 

    यो सम्झौताबाट नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर बराबरको वार्षिक आम्दानी गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन १७ २०८१ बिहिवार - १६:०४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij