Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जसपाले सत्ता फेरबदलका लागि किन लगाएन टुंगो, ओली झन्-झन् कसरी बन्दैछन् हिलाकै ढुङ्गो ?

जसपाले सत्ता फेरबदलका लागि किन लगाएन टुंगो, ओली झन्-झन् कसरी बन्दैछन् हिलाकै ढुङ्गो ?


  • 5.6K
    Shares

    जसपाले सत्ता फेरबदलका लागि किन लगाएन टुंगो, ओली झन्-झन् कसरी बन्दैछन् हिलाकै ढुङ्गो ?

    काठमाडौं । ओली सरकारलाई बिस्थापित गर्न जसपाले जता सहकार्य गर्छ उतै बहुमत पुग्ने अबस्था भएपछी राजनिती थप पेचिलो बन्दै गएको छ।  र राजपाले निर्णय नगरिदिदा केपी ओली हिलोमा गाडिएको ढुङ्गो झैँ जबर्जस्त बन्दै गएका छन्। 

    भावी प्रधानमन्त्रीको रुपमा हेरिएका शेरबहादुर देउवासंगै जसपा नेता बाबुराम भट्टराई र महन्त ठाकुरको समेत नाम चर्चामा आएको छ । प्रतिनिधिसभा पुर्नस्थापनापछि नयाँ सरकार गठनका लागि ‘किङमेकर’को बनेको जनता समाजवादी पार्टी ९जसपा० ले भावी प्रधानमन्त्रीमा दाबी शुरु गरेको छ । भट्टराईले आफूले पनि प्रधानमन्त्रीको दौडमा रहेको जनाऊ दिएसंगै राजनैतिक गर्मागर्मी थप पेचिलो बनेको हो ।

    प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउने निर्णय लिएकै बेला जसपाले पनि प्रधानमन्त्रीका लागि दाबेदारी शुरु गरेको हो । शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकबाट लिइएको उक्त निर्णयप्रति जसपाले असन्तुष्टिसमेत जनाएको छ ।

    शुक्रबार राति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । तर, कांग्रेसको निर्णयमा जसपा नेताहरुले असन्तुष्टि जनाएका छन् । सरकार गठनमा संसदमा अंक गणितीय हिसाबले ‘किङमेकर’ बन्न पुगेको जसपाका नेताहरु आफैं सरकारको नेतृत्व गर्ने दाऊमा पुगेका छन् । यद्यपी को संसदीयदलको नेता हो भने जसपाले टुगो लगाएका छैनन् । एका तर्फबाट प्रधानमन्त्रीमा जसपाबाट भट्टराई र ठाकुरले दावी गरेका छन् ।

    सत्ता समीकरणबारे छलफल गर्न आइतबार बिहानै हात्तीवनस्थित निवासमा आइपुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसपा अध्यक्ष महन्थ ठाकुरले प्रश्न गरे, ठाकुरले पौडेलसँग भने, ‘गठबन्धनको सरकार बनाउने भन्ने, अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने ? गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुपर्ने होइन र ?’

    जसपाका अर्का नेता राजेन्द्र महतोले पनि सरकारको नेतृत्व जसपाले नै गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको वर्तमान अंक गणित हेर्दा राजपा दुबै हातमा लड्डु बोकेर बसेको छ । ओली वा देउवा दुबैतिर सरकार गठनका लागि जसपाको साथ नभएसम्म बहुमत पुग्दैन । यही अवस्थालाई बुझेर जसपाले आफैं प्रधानमन्त्रीको दाबी गर्न थालेको हो ।विगतमा प्रतिनिधिसभामा २० सीट रहेको राप्रपाले यसैगरी ठूला दललाई ट्रयापमा पारेर पटक–पटक प्रधानमन्त्री पाएको थियो ।प्रतिनिधिसभामा १२१ सांसद रहेका केपी ओलीका लागि विश्वासको मत सिद्ध गर्न मात्र १७ सांसद चाहिएको छ । त्यसका लागि सके सग्लो जसपाको समर्थन लिने, नसकेमा फुटाएर भए पनि वैकल्पिक गठबन्धन बनाउन नदिने ओलीको रणनीति देखिन्छ । सोहीअनुसार जसपाको ठाकुर पक्षसँग प्रधानमन्त्री ओलीले संवाद बढाइरहेका छन् ।

    ओली इत्तर गठबन्धनको सरकार बनाउन काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चारजना एमालेतिर लागेका) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ । संसदको यो अंकगणितले ‘किङमेकर’ बनेको जसपालाई आ–आफ्नो पक्षमा पार्न एमाले र काँग्रेस– माओवादी केन्द्रले तानातान गरिरहेका छन् । जसपा भने जुन गठबन्धनमा गए पनि निर्णायक हुने देखिएको छ । यही कारणले ओलीतिर मिले महन्थलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र कांग्रेृस–माओवादीतिर मिले बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राजपा नेताहरुले राख्न थालेका छन् ।

    ओली रणनीति बाबुराम होइन महन्त प्रधानमन्त्री

    जसपा, माओवादी र काग्रेस गठबन्धन बन्ने अवस्थामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा महन्त ठाकुरलाई अगाडी सार्ने रणनीति लिएका छन् । तर, ओलीले सकभर अहिलेकै अवस्थामा जसपालाई सरकारमा ल्याएर आफैंले सरकारको नेतृत्व गर्न जोड गरिरहेका छन् । आफ्नो सरकार ढल्ने र अरुको हातमा सत्ता जाने स्थिति आएमा महन्थलाई नै प्रधानमन्त्री बनाएर भए पनि एमालेलाई सरकारमा राखिराख्ने प्रधानमन्त्री ओलीले खेल खेल्न सक्ने सम्भावना रहेको केही नेताहरुको तर्क छ । संसदीय अंकगणित आफ्नो पक्षमा पार्नुपर्ने बताउँदै आएका ओलीले महन्थलाई प्रधानमन्त्री बनाएर आफ्नो गठबन्धन टिकाउने रणनीति नबनाउलान् भन्न सकिँदैन । किनभने, विगतमा एमालेका नेताहरु राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा समेत सरकारमा गएको नजीर छ ।

    बाबुराम कि देउवा ?

    बाबुराम भट्टराईको नेतृत्वमा एमाले–जसपा गठबन्धन बनाउन ओली र बाबुराम दुबै राजी छैनन् । यो अवस्थामा बाबुरामको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने त्यो कांग्रेस–माओवादी–जसपाको गठबन्धनमा बन्ने हो । एमाले–जसपा गठबन्धनबाट बाबुराम प्रधानमन्त्री भन्ने सम्भावना देखिँदैन ।नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय नै गरिसकेको छ । अब जसपाको नेतृत्वमा सरकारमा जाने हो भने कांग्रेसले केन्द्रीय कार्य समितिको निर्णय सच्याउनुपर्ने हुन्छ । यसका लागि सभापति देउवा तयार नभएसम्म कांग्रेस आफ्नो निर्णयबाट ‘ब्याक’ हुन गाह्रो देखिन्छ । कांग्रेस पछाडि नहटेसम्म जसपाको नेतृत्वमा बाबुराम प्रधानमन्त्री बन्ने सम्भावना रहँदैन ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १४:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij