Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सचिवालय बैठक

पार्टी कार्यालय डुबानमा परेपछि एमाले बैठक होटलमा, अपरान्ह ओलीले पत्रकार सम्मेलन गर्दै 

पार्टी कार्यालय डुबानमा परेपछि एमाले बैठक होटलमा, अपरान्ह ओलीले पत्रकार सम्मेलन गर्दै 


  • 1.6K
    Shares

    पार्टी कार्यालय डुबानमा परेपछि एमाले बैठक होटलमा, अपरान्ह ओलीले पत्रकार सम्मेलन गर्दै 
    images

    काठमाडौं । एमाले सचिवालय बैठक बसेको छ । केहीबेर अघि उक्त बैठक बसेको हो । 

    बैठकमा राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर ११ दिनपछि नेपाल फर्किएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । 

    बाढीको विपदबाट सयौँ नागरिकको मृत्यु भएको छ । हजारौँले घरबार गुमाएका छन् । यस्तोमा सरकारको कामलाई लिएर जनस्तरमा चर्को आलोचना भइरहेको छ ।

    ओली स्वदेश फर्किएलगत्तै एमालेको सचिवालय बैठक बसेको हो । बैठकमा देशभर बाढी, पहिरोले गरेको क्षति, उद्धार र राहतसहितका विषयमा छलफल हुने बताइएको छ ।

    शुक्रबार र शनिबार परेको भीषण वर्षा एमाले पार्टी कार्यालय डुवानमा परेको छ । एमाले सचिवालय बैठक हनुमानथानस्थित बसेरा होटलमा बसेको छ । 

    आज अपरान्ह ४ः०० बजे प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन पनि गर्दैछन् । 

    प्रकाशित मिति :आश्विन १५ २०८१ मंगलवार - ११:५०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij