२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज (मंगलबार) केहीबेरमा बस्नेछ ।
बैठकमा बाढी, पहिरोलगायत जनताले भोग्नुपरेको विपत्ति, सरकारको राहतकोषमा सांसदहरूले १५ दिनको तलब दिनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसदहरूले पनि आफ्नो तलब कटाएर राहतकोषमा जम्मा गर्ने भएका छन् । हिजो पार्टी पदाधिकारी बैठकले माओवादी सांसदहरूले १० दिनको तलब कटाएर राहतकोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सत्तारूढ नेकपा (एमाले)ले भने राहतकोषमा रकम जम्मा गर्नुको सट्टा आफ्ना नेता–कार्यकर्तालाई उद्धारमा जुट्न निर्देशन दिएको छ भने आज संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिपक्षी रास्वपाले सरकारको आलोचना गरेको छ । उसले विपदमा राहत तथा उद्धारमा लाग्नुको साटो दुईतिहाइ सरकारको हैसियत विपद्ले देखाइदिएको भन्दै चर्को आलोचना गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij