२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । बैंकिङ कसुर मुद्दामा ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ का ३४ वर्षीय बरुण ढकाललाई आइतबार पेप्सिकोलाबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत पुस १५ गते ढकालविरुद्ध ६१ लाख ५५ हजार रुपैयाँ जरिवानासँगै ५ दिनको कैद सजाय सुनाएको थियो । कमला कुमारी राई र कल्पना कुमारी राईले उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा दायर गरेका थिए ।
ढकालले आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि २०७५ चैत २० गते कुमारी बैंक लिमिटेडको शाखा कार्यालय कोटेश्वरमा रहेको आफ्नो खाताको चेक पीडितहरुलाई दिएका थिए । पर्याप्त रकम नभएको भन्दै चेक नसाटिएपछि उनीहरुले जाहेरी दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij