Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

गैंडा गणनामा खटिएका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

गैंडा गणनामा खटिएका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु


  • 4.8K
    Shares

    गैंडा गणनामा खटिएका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

    रुपन्देही । बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीको मृत्यु भएको छ । गैँडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको हो ।

    ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत ३४ वर्षीय पुलीसराम थारुको आइतबार साँझ पौने ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको हो ।

    हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनलाई आक्रमण गरी २ सय मिटर टाढा लगेको थियो । आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १३:५२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij