Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

२३औँ सम्मेलन

पूर्वमुख्यमन्त्रीको छोराको रबैया : सम्मेलनमै खुकुरीसहित विरोध प्रदर्शन, १ जना प्रहरी नियन्त्रणमा  

पूर्वमुख्यमन्त्रीको छोराको रबैया : सम्मेलनमै खुकुरीसहित विरोध प्रदर्शन, १ जना प्रहरी नियन्त्रणमा  


  • 4.9K
    Shares

    पूर्वमुख्यमन्त्रीको छोराको रबैया : सम्मेलनमै खुकुरीसहित विरोध प्रदर्शन, १ जना प्रहरी नियन्त्रणमा  
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को जारी २३औँ सम्मेलनमा खुकुरीसहित विरोध प्रदर्शन गरिएको छ । 

    लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान महरा समूहले सम्मेलनमै खुकुरी प्रदर्शन गरेको हो । 

    उमेरहद बन्दीबारे सम्मेलनमा कुरा नमिलेपछि त्यसको विरोधमा तुकमानले आफ्नो समूह उचालेर खुकुरीसहित विरोध प्रदर्शन गरेका थिए । 

    उनको समूहले विपक्षी समूहका नेता तथा कार्यकर्ताहरूलाईसमेत धकेलेका थिए । 

    तुकमान यसअघि अनेरास्ववियु (क्रान्तिकारी)को उपाध्यक्ष थिए । उनी यसपटकको सम्मेलनमा अध्यक्ष प्रत्यासी छन् । 

    २८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी हुँदा विवाद सिर्जना भएको हो । 
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियु (क्रान्तिकारी)का नेताहरूसँग आज बिहान छलफल गरेका थिए । उक्त छलफलमा तुकमान उपस्थित थिएनन् । 

    प्रकाशित मिति :आश्विन १४ २०८१ सोमवार - १४:४३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij