२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।
रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ ।
सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको हो ।
चितवन २ पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । सोही क्षेत्रमा महाधिवेशन गर्ने रास्वपाको तयारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij