Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

मन्त्रिपरिषद् बैठक

प्रम ओली स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने, मन्त्रीद्वारा विपदबारे ब्रिफिङको तयारी

प्रम ओली स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने, मन्त्रीद्वारा विपदबारे ब्रिफिङको तयारी


  • 2.6K
    Shares

    प्रम ओली स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने, मन्त्रीद्वारा विपदबारे ब्रिफिङको तयारी
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्किँदै छन् । उनी स्वदेश फर्किए पश्चात् मन्त्रिपरिषद्को बैठक बस्नेछ । 

    अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टापछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् । गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए । 

    ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । 

    प्रकाशित मिति :आश्विन १४ २०८१ सोमवार - १०:१४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij