२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झापा आइपुगेका छन् । दुई दिने व्यस्त कार्यक्रम तालिका बनाएर झापा पुगेका सभापति देउवाले बिर्तामोडस्थित स्वर्गीय गिरिराजकुमारी प्रसाईंको घरमा पुगेर परिवारसँग भेटघाट गरेका छन् ।
कांग्रेस झापाका सभापति उद्धब थापाका अनुसार कांग्रेसकी अग्रणी नेतृ प्रसाईंको स्मृतिमा कांग्रेस झापाले दिउँसो १२ बजे पार्टी कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सभापति देउवा सहभागी भएका छन् । लगत्तै काँकडभिट्टास्थित नेपाली कांग्रेसका नेता स्वर्गीय तम्मर राईको परिवारलाई भेट्न देउवा काँकडभिट्टा जानेछन् ।
काँकडभिट्टाबाट धाइजनस्थित कांग्रेस कार्यकर्ताको निधनमा शोक व्यक्त गर्न देउवा धाइजन पुग्नेछन् । आजै दिउँसो सभापति देउवाले झापाको कन्काई नगरपालिकामा निर्माणाधीन तुर्सा हेमरम प्रतिष्ठानको भवन अवलोकन गर्ने र शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान प्राविधिक शिक्षालयको अवलोकन गर्नेछन् ।
त्यस्तै मंगलबार बिहान ८ बजे बिर्तामोडस्थित टाइमलेस होटलमा कांग्रेस सभापति देउवाको पत्रकार भेटघाट कार्यक्रम तय भएको छ। त्यसपछि बुद्धशान्ति गाउँपालिका-७ को सुनमाइमा निर्माण गरिएको सहिद याम आचार्यको शालिक सभापति देउवाले अनावरण गर्नेछन् । मंगलबार दिउँसो देउवा काठमाडौं फर्किने कार्यक्रम रहेको सभापति थापाले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij