२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा पुगेको जनधनको क्षतिपछि सरकारको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा सिंहदरबारमा सरकारमा रहेका सहितका संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक शुरू भएको हो ।
बैठकमा सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, लोसपा, जसपा, जसपा नेपालसहितका दलका नेता सहभागी छन् ।
बैठकमा दलका प्रतिनिधिहरूले सरकारलाई बाढी र पहिरोपीडितको उद्धार राहतलाई प्रभावकारी बनाउन सुझाव दिने तयारी गरेका छन् ।
यसअघि हिजो (शनिबार) बिहान १०ः०० प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सर्वदलीय बैठक आह्वान गरेको थियो । तर, सरकारले पनि सर्वदलीय बैठक बोलाएपछि माओवादीले स्थगित गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij