२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको बैठकमा सरकारको भूमिकाप्रति प्रश्न उठेको छ । आज (आइतबार) बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा विपदमा सरकारको भूमिकामाथि प्रश्न उठेको हो ।
उक्त निरन्तर वर्षाले पुर्याएको क्षति कम गर्न सरकार चुकेको नेताहरुले प्रश्न गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएका थिए ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा सरकारको कमजोरी बारे चर्चा भएको बैठकमा सहभागी नेताले जानकारी दिए ।
कार्यबाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको भन्दै केही कमी कमजोरी पनि स्वीकार गरेका बैठका सहभागी एक नेताले जानकारी गराए ।
ती नेताका अनुसार बैठकमा देश डुबेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण छोट्याएर स्वदेश फर्किनुको साटो सामाजिक सञ्जालमा भावनात्मक कुराहरू पोष्ट गरेको भन्दै केही नेताहरूले आपत्ति जनाएका थिए । उनीहरूले यस्तो प्रधानमन्त्रीको भ्रमणको औचित्य नभएको पुष्टि गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij