Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सवारी दुर्घटना :  एकको मृत्यु, तीन घाइते

सवारी दुर्घटना :  एकको मृत्यु, तीन घाइते


  • 6.8K
    Shares

    • images
    सवारी दुर्घटना :  एकको मृत्यु, तीन घाइते
    images

    मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ ।

    हेटौँडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको  प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

    गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट  आउँदै गरेको ना४१प ६४३६ नंको  मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किदा सो दुर्घटना भएको बताइएको छ ।  

    जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम  लामा रहेको बताइएको  छ ।  उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ । रासस

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १३:१६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij