२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र विधान र प्रतिवेदन तयारी नपुगेकाले समय सारिएको उपाध्यक्ष एवं कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । रावलका अनुसार बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ ।
शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुनेछ । प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ।
असोज १३ गते बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ। असोज १४ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने रावलले बताए । क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन बिहीबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij