Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

विद्यार्थीको सम्मेलनमा प्रचण्ड- तपाईंहरू सडकको बाघ, म संसद्को सिंह

विद्यार्थीको सम्मेलनमा प्रचण्ड- तपाईंहरू सडकको बाघ, म संसद्को सिंह


  • 2.9K
    Shares

    विद्यार्थीको सम्मेलनमा प्रचण्ड- तपाईंहरू सडकको बाघ, म संसद्को सिंह
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलाल पूँजीवादीहरूले संख्याको बलमा आफू नेतृत्वको सरकार ढालेको बताएका छन् ।

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचारी र भूमिफियाविरुद्ध कसैले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरे ।

    उनले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईँहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं । हामी जितको पक्षमा छौं ।’

    उनले भ्रष्टाचारविरुद्ध अभियान छेडेपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने ठोकुवा गरे ।

    दाहालले भने, ‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौं । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहिँ न कहिँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ । हामीले त्यसको घेरा तोड्दै आएका छौं ।’

    उनले दुई ठूला दल मिलेर उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै सडकबाट प्रतिक्रियावादी शक्तिहरूलाई झुकाउन सकिने उनले बताए ।

    प्रकाशित मिति :आश्विन १० २०८१ बिहिवार - १५:४९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij