Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने

माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने


  • 6.9K
    Shares

    माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रद्वारा फिर्ता लिईने भएको छ ।

    माओवादी केन्द्रले औपचारिक रुपमा आज प्रदेश १ को बस्ने प्रदेशसभाको सतौं हिउँदे अधिवेशनको चौथो बैठकबाट प्रस्ताव फिर्ता लिने भएको हो । बैठक दिउँसो २ बजे बस्ने बताईएको छ । 

    गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएको थियो ।

    अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिने भएको हो । 

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १२:१४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij