Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन

नयाँ नेतृत्वका लागि विद्यार्थीहरू निर्वाचन गर्न तयार, शीर्ष नेताबीच सहमतिको प्रयास 

नयाँ नेतृत्वका लागि विद्यार्थीहरू निर्वाचन गर्न तयार, शीर्ष नेताबीच सहमतिको प्रयास 


  • 2.6K
    Shares

    नयाँ नेतृत्वका लागि विद्यार्थीहरू निर्वाचन गर्न तयार, शीर्ष नेताबीच सहमतिको प्रयास 
    images

    काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का प्रतिनिधिले निर्वाचन गर्नेमा जोड दिएका छन् । उनीहरूले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्नेमा जोड दिएका हुन् ।

    ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका उक्त संगठनको २३औँ राष्ट्रिय सम्मेलन यहीँ असोज १०–१४ सम्म काठमाडौंमा हुँदैछ । सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि निर्वाचन गर्नेपर्ने विद्यार्थी प्रतिनिधिहरूले जोड दिएका छन् । 

    त्यसका लागि त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा असोज १० गते हुनेछ । सम्मेलनमा देशभरबाट २३ सय २३ प्रतिनिधि सहभागी हुने संगठनकी अध्यक्ष पञ्चा सिंहले बताइन् । 

    सिंहका अनुसार सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमा अध्यक्ष, ९ उपाध्यक्ष, महासचिव, ९ उपमहासचिव, १२ सचिव र कोषाध्यक्ष गरी ३३ जना पदाधिकारी रहनेछन् । 

    संगठनमा हाल रहेका १९ उपाध्यक्ष र एकजना महासचिवसहित २० जनाले अध्यक्ष पदमा दाबी गर्ने तयारी गरेका छन् । वर्तमान उपाध्यक्षहरू पवन कार्की, मदन भुल, नरेश रेग्मी, इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, केशव रावल, नारायण खनाल तथा महासचिव दीपेश पुनलगायतका नेता अध्यक्षको आकांक्षी छन् ।

    पार्टी उप–महासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा गुटबाट अध्यक्षका आकांक्षी धेरै देखिएका छन् । असोज १०–१४ सम्म काठमाडौंमा हुने उक्त संगठनको २३औँ राष्ट्रिय सम्मेलनमा दुई गुट हाबी हुने निश्चित छ । 

    यद्यपि महासचिव देव गुरुङ र उपमहासचिव शक्तिबहादुर बस्नेत गुट नभएको होइन । तर, उक्त गुटबाट अध्यक्षका थोरै प्रत्यासी छन् । यसर्थ वर्षमान–जनार्दन गुट नै हाबी हुने पक्का छ । 

    संगठनका महासचिव दिपेश पुन अध्यक्षका प्रत्यासी छन् । तर, उनीमाथि सुन तस्करी र सहकारी ठगीको आरोप छ । उनलाई उपहासचिव वर्षमान पुनले भरपूर साथ दिएका छन् । 

    दिपेश अध्यक्षका लागि सक्षम भएपनि उनीमाथिको आरोपका कारण अध्यक्ष बनाउन नहुने विद्यार्थी नेताहरूको अडान छ । त्यस्तै इन्द्र भुसाल र केशव रावललाई वर्षमानकै साथ छ । 

    त्यस्तै अर्का उपमहासचिव जनार्दन शर्मा गुटका मदन भूल, नारायण खनाल, क्षितिज सापकोटा, मदन भट्टराई हुन् । उनीहरूलाई जनार्दनले साथ दिएका छन् । नरेश रेग्मी भने महासचिव देव गुरुङ निकट मानिन्छन् । उपमहासचिव शक्ति बस्नेतले तुकमान महरालाई साथ दिने नेताहरूको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - १५:४६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij