Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

२३औँ सम्मलेन 

अखिल क्रान्तिकारीको अध्यक्षमा वर्षमान–जनार्दन गुटको बर्चस्व, गुरुङ–बस्नेतको साथ कसलाई ? 

अखिल क्रान्तिकारीको अध्यक्षमा वर्षमान–जनार्दन गुटको बर्चस्व, गुरुङ–बस्नेतको साथ कसलाई ? 


  • 3.4K
    Shares

    अखिल क्रान्तिकारीको अध्यक्षमा वर्षमान–जनार्दन गुटको बर्चस्व, गुरुङ–बस्नेतको साथ कसलाई ? 
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा वर्षमान–जनार्दन गुट हाबी भएको छ । 

    पार्टी उप–महासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा गुटबाट अध्यक्षका आकांक्षी अधिक देखिएका छन् । असोज १०–१४ सम्म काठमाडौंमा हुने उक्त संगठनको २३औँ राष्ट्रिय सम्मेलनमा दुई गुट हाबी हुने निश्चित छ । 

    यद्यपि महासचिव देव गुरुङ र उपमहासचिव शक्तिबहादुर बस्नेत गुट नभएको होइन । तर, उक्त गुटबाट अध्यक्षका थोरै प्रत्यासी छन् । यसर्थ वर्षमान–जनार्दन गुट नै हाबी हुने पक्का छ । 

    संगठनका महासचिव दिपेश पुन अध्यक्षका प्रत्यासी छन् । तर, उनीमाथि सुन तस्करी र सहकारी ठगीको आरोप छ । उनलाई उपहासचिव वर्षमान पुनले भरपूर साथ दिएका छन् । 

    दिपेश अध्यक्षका लागि सक्षम भएपनि उनीमाथिको आरोपका कारण अध्यक्ष बनाउन नहुने विद्यार्थी नेताहरूको अडान छ । त्यस्तै इन्द्र भुसाल र केशव रावललाई वर्षमानकै साथ छ । 

    त्यस्तै अर्का उपमहासचिव जनार्दन शर्मा गुटका मदन भूल, नारायण खनाल, क्षितिज सापकोटा, मदन भट्टराई हुन् । उनीहरूलाई जनार्दनले साथ दिएका छन् । नरेश रेग्मी भने महासचिव देव गुरुङ निकट मानिन्छन् । उपमहासचिव शक्ति बस्नेतले तुकमान महरालाई साथ दिने नेताहरूको भनाइ छ । 

    सम्मेलनमा दुई हजार ३२३ जना प्रतिनिधि रहनेछन् । सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय कमिटी चुन्नेछ । 

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - १३:३१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij