Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

रविले अनुसन्धान रोक्न खोज्नु कानुनी राज्यको उपहास हो : एमाले महासचिव पोखरेल 

रविले अनुसन्धान रोक्न खोज्नु कानुनी राज्यको उपहास हो : एमाले महासचिव पोखरेल 


  • 3.0K
    Shares

    रविले अनुसन्धान रोक्न खोज्नु कानुनी राज्यको उपहास हो : एमाले महासचिव पोखरेल 
    images

    कठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहकारीबाट गोर्खा मिडियामा आएको रकम र त्यसको परिचालनबारे अनुसन्धान गर्न रास्वपाका सभापति रवि लामिछानेले रोक्ने गतिविधि गरेको बताएका छन् । 

    बुधबार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले राजनीतिक दल र त्यसको नेतृत्वले कुनै पनि विषयमा अभियोग लाग्दा अनुसन्धानको प्रक्रियालाई सहयोग गर्नुपर्ने बताए । 

    ‘अनुसन्धानलाई नै रोक्ने जुन प्रकारका गतिविधि भइराखेका छन्, ती कानुन राज्यमाथिको उपहास हो । कुनै पनि राजनीतिक दल र त्यसको नेतृत्वले कुनै विषयमा अभियोग लाग्दा अनुसन्धानको प्रक्रियालाई सहयोग गर्नुपर्छ । सहयोगबाट भाग्ने खालको कुरा उचित होइन । अनुसन्धानको कुराबाट भागेर चाहिँ सुशासनको दिन सकिन्छ ? नेपाली जनताको बीचमा सुशासनको कुरा गरेर पार्टी खडा गर्ने, आफूमाथि उठेका प्रश्नमा अनुसन्धानमा जान नमान्ने ? त्यस्तो भन्ने खालको कुरा उचित होइन,’ उनले भने । 

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - १२:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij