Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

व्यक्ति–अभिव्यक्ति

गणतन्त्रको नायक प्रचण्ड : रविन्द्र मिश्र  

गणतन्त्रको नायक प्रचण्ड : रविन्द्र मिश्र  


  • 1.8K
    Shares

    गणतन्त्रको नायक प्रचण्ड : रविन्द्र मिश्र  
    images

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । 

    मिश्रले यस अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेट बारे गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेपछि गणतन्त्रको नायक प्रचण्ड नै भएको बताएका हुन् । 

    मिश्रले कांग्रेस, एमाले र नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी समेत गरेका छन् । आफ्नो अघिल्लो टिप्पणी प्रचण्ड पक्षले खण्डन गरेपछि मिश्रले भनेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ र हामीबीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिनँ । र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु ।

    संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन् । कांग्रेस र एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन् । ती सबै प्रचण्ड पथगामी हुन् । नेपालको संविधान २०७२ वास्तवमा प्रचण्डको संविधान २०७२ हो । प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभामार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु ।

    त्यसैले ठूला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु । 

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - ११:४२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij