Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

प्रहरीले थाल्यो सचेतना कार्यक्रम, अब मास्क नलगाए सय रुपैयाँ जरिवाना

प्रहरीले थाल्यो सचेतना कार्यक्रम, अब मास्क नलगाए सय रुपैयाँ जरिवाना


  • 6.3K
    Shares

    प्रहरीले थाल्यो सचेतना कार्यक्रम, अब मास्क नलगाए सय रुपैयाँ जरिवाना

    काठमाडौं । काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।

    सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ । 

    प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ । प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।

    गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो । 

    पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । गौशाला चोकमा माइकिङ गर्दै महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले भने, ‘अब, मास्क नलगाई हिँडे जरिवाना गर्छौं ।’

    पहिले सचेत गराएपछि जरिवाना गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । ‘अहिले सचेतना गराएका छौं’, प्रजिअ पराजुलीले भने, ‘जनतालाई सचेत गराएपछि अनि, हामी जरिवानामा जान्छौं ।’

     

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - ११:४५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij