२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । कांग्रेस–एमाले लगायतका केही साना दलहरूको गठबन्धन बनेको सरकारप्रति चरम असन्तुष्टि बढेको छ । प्रमुख सत्तारूढ दल कांग्रेस संस्थापनइतर पक्षले असन्तुष्टि जनाउँदै आएको छ । उसले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादन शैलीप्रति असन्तुष्टि जनाएको छ ।
सरकार गठनको १०० दिन पश्चात् सत्ता–प्रतिपक्षी दलले प्रशंसा वा आलोचना गर्ने राजनीतिक परम्परा छ । सरकार गठनको अढाइ महिना बितेको छ । यो अवधिमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गरिसकेका छन् ।
तथापि प्रमुख सत्तारूढ दल कांग्रेस संस्थापनइतर पक्षले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको छ । उपभामुख इन्दिरा रानालाई हटाउने मुद्दालाई लिएर असन्तुष्टि बढेको हो । यसका साथै ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेबारे पनि असन्तुष्टि जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij