Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैदेशिक रोजगारीमा जानेको संख्या झन बढ्दो, दुई महिनामै बाहिरिए एक लाख १७ हजार

वैदेशिक रोजगारीमा जानेको संख्या झन बढ्दो, दुई महिनामै बाहिरिए एक लाख १७ हजार


  • 1.7K
    Shares

    वैदेशिक रोजगारीमा जानेको संख्या झन बढ्दो, दुई महिनामै बाहिरिए एक लाख १७ हजार

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ मा ५७ हजार ४९३ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । गत आवको सोही महिनामा ५० हजार ८८४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

    बैदेशिक रोजगार बिभागबाट प्राप्त उक्त महिनाको श्रम स्वीकृत सम्बन्धी तथ्यांकले उक्त संख्यामध्ये ३९ हजार ५५७ जना पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन् ।  बाँकी १७ हजार ९३७ जना भने पूरानै श्रम स्वीकृत नवीकरण गराएर गएका हुन् । 

    गत आवको भदौको तुलनामा चालु आवको भदौमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको देखिन्छ । चालु आवको भदौमा नेपालीहरु रोजगारीका लागि ९५ वटा मुलुकमा गएका छन् । त्यसमा युएईमा सबै भन्दा धेरै कामदार गएको देखिन्छ । समीक्षा महिनामा त्यहाँ १८ हजार ६०५ जना नेपाली रोजागरीका लागि गएका छन, जसमा १४ हजार ४२४ जना नयाँ श्रम स्वीकृत लिएका छन् । 

    दोस्रो स्थानमा भने कतार रहेको छ । भदौमा कतारमा ११ हजार २९१ जना नेपाली रोजगारीका लागि गएका छन् । त्यसमा चार हजार ८४४ जना नयाँ श्रम स्वीकृत लिएका छन् । तेस्रो स्थानमा रहेको साउदी अरबमा १० हजार ८३५ जना नेपाली रोजगारीका लागि गएको देखिन्छ । त्यसमा सात हजार २४६ जना नयाँ श्रम स्वीकृत लिएका छन् । 


    यस्तै, कुवेतमा चार हजार २१५, रोमनियामा एक हजार ८८८, जापानमा एक हजार ४५६, मलेसियामा एक हजार १९३ र कोरियामा एक हजार १०६ जना रोजगारीमा गएका छन् । यी बाहेक अन्य देशमा पनि नेपालीहरु बैदेशिक रोजगारीका लागि गएका छन् । 

    चालु आवको साउन महिनामा भने ५९ हजार ५७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ३६ हजार ९२८ जना नयाँ श्रम स्वीकृत लिएका थिए । गत आवको साउनमा भने ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ३९ हजार १५२ जना नयाँ श्रम स्वीकृती लिएका थिए । 

    चालु आवको साउन र भदौमा गरेर एक लाख १७ हजार ६८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ७६ हजार ४८५ जना पहिलो पटक वैदेशिक रोजगारीमा गएका छन् । 

    यो गत आवको सोही अवधीको तुलनामा १० प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा एक लाख छ हजार ४५९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ७४ हजार ४५५ जना पहिलो पटक वैदेशिक रोजगारीमा गएका हुन् । गत आवभर भने नेपालबाट सात लाख ४१ हाजर २९७ जना कामदार वैदेशिक रोजगारीमा गएका थिए । 

    १३ हजार अदक्ष श्रमिक विदेशिए

    नेपालबाट भदौमा विदेशिने श्रमिक मध्ये १३ हजार १७१ जना अदक्ष श्रमिक छन् । विभागका अनुसार भदौमा विदेशिनेमध्ये ३७ हजार ७८३ हजार श्रमिक दक्ष छन् । अर्धदक्ष ६ हजार १७५ जना विदेशिएका छन् । त्यस्तै व्यवसायिक दक्ष शिप भएका ३०९ जना गएका छन् भने ५५ जना उच्च दक्ष श्रमिकहरू विदेशिएका छन् ।

    कुन जिल्लाबाट कति गए ? 

    भदौमा सबैभन्दा धेरै धुनषाबाट वैदेशिक रोजगारीमा गएका छन् । भदौमा धनुषाबाट ३ हजार ३६०, सिराहबाट २ हजार ६४४, झापाबाट २ हजार ५७५, मोरङमा २ हजार ४००, महोत्तरी २ हजार ३६०, सुनसरी २ हजार ५७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - ०७:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij