Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

१ करोड ६५ लाख हिनामिना गरेका विजय गच्छदार माथि विशेष अदालतले अगाडी बढायो यस्तो प्रक्रिया 

१ करोड ६५ लाख हिनामिना गरेका विजय गच्छदार माथि विशेष अदालतले अगाडी बढायो यस्तो प्रक्रिया 


  • 5.8K
    Shares

    १ करोड ६५ लाख हिनामिना गरेका विजय गच्छदार माथि विशेष अदालतले अगाडी बढायो यस्तो प्रक्रिया 

    काठमाडौं । बालुवाटार स्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएर अदालतको नजरमा फरार भनिएका  नेपाली कांग्रेस उपसभापति एवं निलम्बित सांसद विजयकुमार गच्छदार हालसम्म पनि विशेष अदालतमा हाजिर भएका छैनन् ।

    विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार २०७७ साल चैत्र २३ गते सुनसरीस्थित गच्छदारको घरमा म्याद टाँस गरिएको थियो। म्याद टाँस भएको एक महिनाभित्रमा अदालतमा उपस्थित भएर बयान दिनुपर्ने हुन्छ । उक्त म्याद आज सकिँदैछ ।

    प्रवक्ता पाण्डेका अनुसार विशेष अदालतमा मुद्दा दर्ता भएको एक महिनामै सुनसरी जिल्ला अदालतमा म्याद तामेली गर्नका लागि पत्र पठाइएको थियो।

    ‘बीचबीचमा हामीले दुईपटक औपचारिक रूपमा पत्र लेखेर नै तामेलीका लागि ताकेता समेत गरेका थियौं,’ पाण्डेले  भने, ‘तर, कोभिडका कारण म्याद तामेली हुन सकेको थिएन । बल्ल आएर २०७७ साल चैत २३ गतेका दिन गच्छदारको सुनसरीस्थित घरदैलोमा म्याद टाँस गरिएको थियो।’

    गच्छदार आज पनि अदालतमा उपस्थित नभए कानूनबमोजिम प्रक्रिया अगाडि बढाउने पाण्डेले बताए। गच्छदारविरुद्ध १ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगोसहित २०७६ माघ १० गते भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। 

    ‘त्यो ३० दिनको म्याद सकिन लागेको छ, उक्त समयावधिभित्र पनि उनी आफैं अदालतमा आएर बयान नगरे थुनछेकमा आदेश गर्नका लागि अदालत अगाडि बढ्नेछ,’ पाण्डेले भने, ‘आदेश गर्नका लागि अदालतको अंग त्यसपछि पूरा हुनेछ । गच्छदार अदालतमा आएर बयान नदिए पनि अदालतले मिसिलमा संलग्न प्रमाणका आधारमा आदेश गर्न सक्नेछ।’

    गच्छदारले उक्त म्यादलाई बदर गराउन सक्ने कानूनी छिद्र भने रहेको नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य अरुण पौडेलले बताए ।

    उनका अनुसार सम्बन्धित व्यक्तिले घररढोकामा टाँस गरिएको कुरा आफूलाई थाहा भएन भन्दै म्याद टाँस बदर पनि गराउन सक्छन् । तर पटक(पटक उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयमा मन्त्रीको रूपमा नेतृत्व सम्हालिसकेका र  सार्वजनिक पद धारण गरेका जिम्मेवार व्यक्ति समेत भएका कारण आफैं अदालतमा आएर हाजिर भई बयान दिनु उचित हुने उनको सुझाव छ ।

    ‘मिडियामा नै यति समाचार आइसकेपछि मेरो विषयमा यस्तो समाचार आएको हुनाले आफैं अदालतमा हाजिर भएको छु भनेर भन्न सक्नुपर्थ्यो,’ अधिवक्ता पौडेलले बताए।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - ११:१९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij