२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । पानी नपरेका कारण वायु प्रदूषण अझै हट्न सकेको छैन । आज पनि काठमाडौं उपत्यकामा विहानैबाट वायु प्रदूषण रहेको छ । दिउँसो पनि प्रदूषण रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“वायू प्रदूषणका कारण आज पनि काठमाडौंमा विहानैबाट भिजिविलिटी निकै कम छ । विहानको तुलनामा दिउसो थोरै भिजिविलिटी बढे पनि प्रदूषण रहिरहने छ,” मौसमविद् समीर श्रेष्ठ भन्छन्, “वायु मण्डलको माथिल्लो भाग स्थिर रहेकाले अझै केही दिन यही अवस्था रहन सक्छ ।”
पश्चिमी मौसमी प्रणाली सक्रिय नहुँदासम्म प्रदूषण नहट्ने उनको भनाइ छ । बुधबारबाट पश्चिमी मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठ बताउँछन् ।
केहीसमय यता काठमाडौं उपत्यकासहित मुख्य सहरहरुमा वायुमा प्रदूषणको मात्र बढेको छ । वायु प्रदूषण बढ्दा आँखा चिलाउने, टाउको दुख्ने जस्ता समस्या देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशका धेरै ठाउँमा डढेलो लाग्दा वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । हाल वायुमा धुलोभन्दा पनि धुँवाको मात्रा धेरै रहेको वातावरण विभागले बताएको छ । डडेलो कम भएपछि वायु प्रदूषण पनि कम हुने विभागको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij