Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

घोडा हिड्न नसक्ने बाटोलाई सडक भनेर ओलीले तमासा देखाएको बन्दै नेपालले लिए ओलीको हुर्मत 

घोडा हिड्न नसक्ने बाटोलाई सडक भनेर ओलीले तमासा देखाएको बन्दै नेपालले लिए ओलीको हुर्मत 


  • 6.2K
    Shares

    घोडा हिड्न नसक्ने बाटोलाई सडक भनेर ओलीले तमासा देखाएको बन्दै नेपालले लिए ओलीको हुर्मत 

    काठमाडौँ । नेकपा (एमाले) का निलम्बित नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर तमासा गरेको टिप्पणी गरेका छन् । घोडा हिड्न नसक्ने बाटोलाई ओलीले सडक भनेर जात्रा देखाएको उनको आरोप छ। 

    ‘केपी ओलीका तमासा पनि कति । बालुवाटार बसेर एकै दिन १६५ सडक शिलान्यास रे । ती सडकको डीपीआर भएको छैन, लागत कति लाग्छ थाह छैन । बालुवाटार बसेर स्वीज थिचेर शिलान्यास । त्यो तमासा मात्रै हो । त्यसको कुनै अर्थ छैन,’ नेपालले भने, ‘जनता कुरा हैन काम चाहन्छन् । जनताको मन जित्न कुराले हुँदैन । काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीलाई विर्सजनको दिशामा लान खोज्नु भयो । हामी कम्युनिष्ट पार्टीलाई सही बाटोमा लैजान चाहन्छौं ।’ प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारबाट १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एकरएक वटा सडकको शिलान्यास गरेका थिए ।

    काठमाडौं जिल्ला कमिटीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु नै आधिकारिक एमाले भएको भन्दै ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको भनाइ दोहोर्‍याए । ओली पक्षबाट पूर्वाग्रहपूर्ण व्यवहार भोगिरहेका कार्यकर्तालाई जोगाउन र उत्साहित गर्न आफूहरु लागेको उनले बताए ।

    नेपालले नवौं महाधिवेशनपछि ओलीले मदन भण्डारी फाउन्डेशनको नामबाट गुटबन्दी गरेको बताए । ‘केपी ओली पार्टी बनाउन हैन, गुट बनाउन लाग्नु भएको छ । उहाँ सिद्धान्तमा हैन भजन मण्डली बनाउन लाग्नु भएको छ । हामी जनता, राष्ट्रका लागि समर्पित भएर लाग्न खोजिरहेका छौं,’ उनले भने ।

    अध्यक्ष ओली कम्युनिष्ट पार्टीबाट विचलित भएको र कम्युनिष्ट पार्टी सिध्याउन लागेको दाबी नेपालको छ । उनले भने, ‘उहाँ कम्युनिष्ट पार्टीबाट विचलित हुनुभएको छ । कुनै दिन कम्युनिस्ट पार्टी विर्सजन गरेको घोषणा गर्न बेर छैन ।’ नेता नेपालले एकरदुई व्यक्तिले बाटो बिराउँदैमा कम्युनिष्ट पार्टी नसिद्धिने बताए । उनले भने, ‘केपी ओली पार्टीमा एकलौटी, मनपरी ढंगले लाग्नु भयो । आफूसँग सहमत नभएका व्यक्तिलाई हटाउन थाल्नु भयो । त्यही हुँदा चुप लागेर बस्न सक्दैनौं । हामी पनि शक्ति हौं भन्ने उहाँले थाहा पाउनु पर्छ ।’

    आफूसँग सहमत नहुने व्यक्तिलाई ओलीले पूर्वाग्रह राख्ने गरेको उनको भनाइ छ । ‘केपी ओली बदलाको भावले चल्ने व्यक्ति हुन् । आफूसँग सहमत नभएका व्यक्तिलाई सकाउने, अत्यन्तै पूर्वाग्रह राख्ने मान्छे हुन् । हामी त्यसरी जान सकिँदैन,’ नेपालले भने ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १६:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij