Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

नेपाल पत्रकार महासंघ

दलीय झुण्डको पतित छाता नेपाल पत्रकार महासंघका कावा अध्यक्ष विष्टद्वारा राजीनामा

दलीय झुण्डको पतित छाता नेपाल पत्रकार महासंघका कावा अध्यक्ष विष्टद्वारा राजीनामा


  • 2.4K
    Shares

    दलीय झुण्डको पतित छाता नेपाल पत्रकार महासंघका कावा अध्यक्ष विष्टद्वारा राजीनामा
    images

    काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टले आज (शुक्रबार) दिउँसो राजीनामा दिएका हुन् । 

    उनले यहीँ असोज १२ गते महासंघको चुनाव गर्ने मिति तोके पनि चुनाव गर्न नसक्ने अवस्था सिर्जना भएपछि नैतिकताको आधारमा राजीनामा दिएका हुन् । 

    विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा पत्र महासंघको कार्यालयमा पठाएका छन् । 

    यसअघिका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिँदै विष्टलाई कार्यवाहक तोकेका थिए ।

    महासंघको निर्वाचनका लागि असोज ४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो । तथापि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम भने स्थगित गरिएको छ । 

    पत्रकारीता जस्तो पवित्र पेशामा अनेकौ दलका संघ–संगठन र उसका कार्यकर्ताहरूको प्रवेशले पत्रकार महासंघ विस्तारै पतित बन्दै गएको छ । 

    प्रकाशित मिति :आश्विन ४ २०८१ शुक्रवार - १३:१५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij