Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

अमेरिका भ्रमण

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा को–को छन् सहभागी ? (नामावलीसहित)

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा को–को छन् सहभागी ? (नामावलीसहित)


  • 4.3K
    Shares

    प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा को–को छन् सहभागी ? (नामावलीसहित)
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ ।

    संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो ।

    प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी हुनेछन् । 

    प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री असोज १४ गते नेपाल फर्कने तालिका छ ।

    प्रकाशित मिति :आश्विन ४ २०८१ शुक्रवार - १२:२३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij