२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओली आज अमेरिका जाँदै छन् । न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि साइडलाइन वार्ता गर्ने नेपालको प्रयास छ । तर, भारतीय पक्षले भने यसबारे जवाफ दिइसकेको छैन । ओलीनिकट एमाले नेताका अनुसार न्युयोर्कमा मोदीसँग वार्ता गर्न ओली प्रयासरत छन् । तर, भारतले यसबारे जवाफ भने दिइसकेको छैन ।
ओलीले १० असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी ८ असोजमा महासभाको साधारण बहसको उद्घाटनसत्र र ९ असोजमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
केही महिनाअघि परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन । उनले नेपालका प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रणापत्र दिएकी थिइन । तर, उनको उक्त मन्त्रणाको मोदीले कुनै जवाफ दिएनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij