Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

विद्यार्थीमा मौलाउँदो गुट

वर्षमान–जनार्दन गुटको कुरा मिलेपछि माओवादी विद्यार्थी सम्मेलनको मिति तय 

वर्षमान–जनार्दन गुटको कुरा मिलेपछि माओवादी विद्यार्थी सम्मेलनको मिति तय 


  • 2.7K
    Shares

    वर्षमान–जनार्दन गुटको कुरा मिलेपछि माओवादी विद्यार्थी सम्मेलनको मिति तय 
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को सम्मेलन मिति तय भएको छ । अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि १४ सम्म काठमाडौंमा हुने भएको छ ।

    असोज २ बुधवारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने भनिएकोमा सम्मेलन अन्तिम समयमा आएर स्थगित भएकोमा संगठनको कार्यालय बैठकले स्थगित भएको सम्मेलनको नयाँ मिति तय गरेको हो ।

    विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित २ गतेदेखि सुरु हुन लागेको सम्मेलन स्थगित भएको थियो । संगठनको कार्यालय बैठकले असोज १० देखि १४ सम्म काठमाडौंमा नै सम्मेलन गर्ने निर्णय भएको संगठनका उपाध्यक्ष मदन भुलले जानकारी दिए ।

    यद्यपि केन्द्रदेखि स्थानीय तहसम्म अखिल (क्रान्तिकारी)मा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको गुट प्रष्ट देखिएको थियो । त्यसलाई समाधान गर्न बिहीबार पार्टी पदाधिकारी बैठक बसेको थियो । 

    सो बैठकले अखिल (क्रान्तिकारी)मा देखिएको गुट नबनाउने सहमतिका आधारमा राष्ट्रिय सम्मेलन मिति तोकिएको छ । 

    प्रकाशित मिति :आश्विन ४ २०८१ शुक्रवार - १०:२८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij