२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । कांग्रेस–एमाले सत्ता गठबन्धनविरुद्ध प्रतिपक्षी माओवादी–रास्वपा सडकमा उत्रिने भएको छ ।
प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध सडकमा उत्रिन आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टीपंक्तिलाई कांग्रेस–एमाले मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेलामा सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन परिपत्र पठाएका छन् ।
त्यस्तै रास्वपा सभापति रवि लामिछानेले सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले नेता–कार्यकर्तालाई तयार रहन निर्देशन दिएको छ ।
संगठन, संसद् र सडकमा पार्टीले तत्काल खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने मुद्दाबारे राष्ट्रिय भेलाले गर्ने निर्देशअनुसार केन्द्रीय समितिले विस्तृत कार्ययोजना बनाएर लागू गर्ने प्रतिवेदनमा उल्लेख छ ।
दुई दिनसम्म चलेको रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी तीनवटै मोर्चामा सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij