Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • 1.2K
    Shares

    चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
    images

    शुक्रबार चार वटा संसदीय समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा विभिन्न समयमा चार समितिको बैठक तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

    बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने तय छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ।

    विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ। बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

    यस्तै बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी छलफल हुनेछ।

    दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल संसद सचिवालयले जनाएको छ। 

    प्रकाशित मिति :आश्विन ४ २०८१ शुक्रवार - ०८:२१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij