Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राष्ट्रिय भेला

रास्वपाको प्रस्ताव : गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज

रास्वपाको प्रस्ताव : गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज


  • 2.6K
    Shares

    रास्वपाको प्रस्ताव : गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ । 

    नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय भेलामा रास्वपाले शासकीय स्वरूपबारे छुट्टै प्रस्ताव गरेको छ । उसले गरेको प्रस्तावमा राष्ट्रपति गैरदलीय (दलबिहीन) हुनेपर्ने छ । 

    त्यस्तै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रादेशिक संरचना खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रदेश खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ । 

    प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरू गरिनेछ । साथै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने सातवटा प्रदेश, स्थानीय पालिकाको संख्या भने पाँच सयभन्दा मुनि झारिने, बलियो संघीय सरकार विस्तारित स्थानीय पालिकाको बीचमा छरितो प्रादेशिक तहबारे बहस सुरू गर्नेपर्ने प्रस्ताव गरेको छ ।

    रास्वपाले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेको छ । स्थानीय पालिकाहरूको संख्या पनि घटाएर ५०० मुनि ल्याउने प्रस्ताव गरेको छ । वर्तमान निर्वाचन प्रणालीले कहीँ नपुगिने बताउँदै निर्वाचन प्रणाली पूर्णसमानुपातिक हुनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक उमेदवार बनाउने प्रस्तावमा उल्लेख छ । 

    रास्वपाले आगामी बैशाख २५, २६ र २७ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । 

    प्रकाशित मिति :आश्विन ३ २०८१ बिहिवार - ०९:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij