Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

आगामी मंसिर १५ मा १८ वर्ष पूरा हुनेले उपनिर्वाचनमा मतदान गर्न पाउने

आगामी मंसिर १५ मा १८ वर्ष पूरा हुनेले उपनिर्वाचनमा मतदान गर्न पाउने


  • 1.8K
    Shares

    आगामी मंसिर १५ मा १८ वर्ष पूरा हुनेले उपनिर्वाचनमा मतदान गर्न पाउने
    images

    काठमाडौँ । भदौ मसान्तसम्म मतदाता नामावली दर्ता गराएका र आगामी मंसिर १५ गतेभित्र १८ वर्ष पूरा हुने मतदाताहरूले उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन् । 

    स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ । निर्वाचन आयोगले बुधबार उपनिर्वाचनका लागि मतदाताको उमेर अठार वर्ष पुग्ने मिति र मतदाता नामावली अद्यावधिक गर्नेबारे निर्णय लिएको हो ।

    आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार भदौ मसान्तसम्म नागरिकता पाएर मतदाता नामावलीमा नाम दर्ता भइसकेका र आगामी मंसिर १५ गतेसम्ममा १८ वर्ष पूरा भएकाहरूले उपनिर्वाचनमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको हो । 

    हाल जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता पाउनेबित्तिकै मतदाता नामावली समेत दर्ता गर्ने चलन छ । १६ वर्षमै नागरिकता पाउने व्यवस्था भएपनि मतदानको अधिकार भने १८ वर्ष पुगेपछि मात्रै पाउने कानूनी व्यवस्था छ ।

    आयोगले उपनिर्वाचनका लागि मंसिर १५ गते १८ वर्ष पूरा हुने मतदाताको नामावली असोज १८ गते वेबसाइटमा प्रकाशन गर्ने र त्यही दिनदेखि असोज ३० गतेसम्म मतदाताले नामावलीमा त्रुटि रहेमा सच्याउन सक्ने जनाएको छ ।

    'मतदाता नामावलीमा गलत विवरण दिई नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्न असोज १८ देखि ३० गतेसम्मको समइ छुट्याइएको छ,' आयोगका प्रवक्ता सापकोटाले भने । आयोगले कात्तिक २७ गते अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

    देशभर स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष समेत ४१ पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

    प्रकाशित मिति :आश्विन ३ २०८१ बिहिवार - ०६:५६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij