Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीलाई गलहत्याउन रामचन्द्र पौडेलले बढाए सक्रियता, ठाकुर भेटेर के-के लगाए पोल ?

ओलीलाई गलहत्याउन रामचन्द्र पौडेलले बढाए सक्रियता, ठाकुर भेटेर के-के लगाए पोल ?


  • 5.2K
    Shares

    ओलीलाई गलहत्याउन रामचन्द्र पौडेलले बढाए सक्रियता, ठाकुर भेटेर के-के लगाए पोल  ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जसरी भएपनि ओलीलाई सत्ता बाट गलहत्याउनु पर्ने भन्दै गुहार मागेका छन्।

    ठाकुर निवास हात्तिवनमा पुगेर महन्थलाई फकाएका पौडेलले जसरी भए पनि ओलीको बिकल्प खोज्नु पर्ने र त्यसको पहल गर्न ठाकुरलाई भनेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए। 

    छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनृनुपर्ने भन्दै त्यसका लागि तीनै दलका शीर्ष नेता बसेर टुंगोमा पुग्न प्रस्ताव गरेका थिए। उनले तीन दलका बीचमा केही असहमति भए छलफलबाटै हल गर्न प्रस्ताव गरे।

    ‘तपाईं, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर एउटा टुंगोमा पुग्नुहोस्’, वरिष्ठ नेता पौडेलले अध्यक्ष ठाकुरसँग राखेको प्रस्ताव उद्धृत गर्दै अधिकारीले नेपालखबरसँग भने।

    पौडेलको प्रस्तावमा अध्यक्ष ठाकुरले आफू सकारात्मक भएको जवाफ दिएको अधिकारीले बताए। अध्यक्ष ठाकुरले छलफलमा कांग्रेसको निर्णय र माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोबारे जिज्ञासा समेत राखेको बताइएको छ।

    पौडेलले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको र त्यसमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सकारात्मक रहेको बताउँदै जसपासँग पनि नमिलेका विषय हल गर्न तयार रहेको बताएका थिए।

    शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो।

    नयाँ सरकार गठनका लागि जसपालाई मनाउने जिम्मा पौडेलले लिएका र त्यसका लागि उनले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग यसअघि दुईपटक अनौपचारिक रुपमा छलफल गरिसकेको पौडेल निकट एक नेताले बताए।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १५:५८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij