२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपा कार्ययोजना अन्तर्गत २० जना युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ ।
पार्टी केन्द्रीय सदस्य छनोट समितिले उक्त कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० जना सदस्यलाई छनोट गरेको हो ।
समितिले छनोटका विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्ताका आधारमा १० पुरुष र १० महिलालाई राप्रपा केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।
जसअनुसार पुरुष १० तर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका बिनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई, दाङ्गका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौंका समीर शर्मा र युके प्रवासका डा।डेभिड थापा छनोटमा परेका छन् ।
यसैगरी महिला १० तर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२४, काठमाण्डौंकी आश्मा कुमारी केसी र हुम्लाकी तारा जैसीलाई छनोट गरिएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij