Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राष्ट्रिय भेला

रास्वपा प्रतिनिधिमाथि रविको रोक : राजनीतिक प्रतिवेदनमा कसैले आफ्नो धारणा राख्न नपाउने 

रास्वपा प्रतिनिधिमाथि रविको रोक : राजनीतिक प्रतिवेदनमा कसैले आफ्नो धारणा राख्न नपाउने 


  • 2.8K
    Shares

    रास्वपा प्रतिनिधिमाथि रविको रोक : राजनीतिक प्रतिवेदनमा कसैले आफ्नो धारणा राख्न नपाउने 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला काठमाडौंमा मंगलबारबाट सुरू भएको छ । 

    उक्त भेलामा पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पदाधिकारीले आफ्नो धारणा राख्न नपाउने भएका छन् । 

    भेलाको समापन अघि सभापति रविले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । उनले उक्त प्रतिवेदन अपरान्ह ४ः३० बजे पेस गर्नेछन् । 

    राजनीतिक प्रस्ताव पेस, अनुमोदन, अभियानको घोषणा, महाधिवेशनको मिति र स्थान घोषणा ४ः३० बजेबाट सुरु भई एक घण्टामा सकिने गरी कार्यतालिका बनाइएको छ ।

    भेलामा सात प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग प्रतिवेदनमाथि सामूहिक छलफलको कार्यतालिका बुधबार विहान ७ देखि ११ बजेसम्मका लागि तोकिएको थियो । 

    दस्तावेजमा आधारित प्रश्नोत्तर ११ः४५ देखि २ः४५ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

    सभापति बाहेक अन्यले पेश गरेका प्रतिवेदनको आवश्यक संशोधनको समय ३ः१५ देखि ४ः३० बजेसम्मका लागि समय छुट्याइएको छ । 

    त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन पेस हुने र अनुमोदन गर्ने कार्यतालिका बनाइएको छ । 

    प्रकाशित मिति :आश्विन २ २०८१ बुधवार - १२:२१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij