Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भारतका माओवादीले मच्चाए आतंक, माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मी ठहरै 

भारतका माओवादीले मच्चाए आतंक, माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मी ठहरै 


  • 4.9K
    Shares

    भारतका माओवादीले मच्चाए आतंक, माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मी ठहरै 

    नेपालका माओवादी तितरबितर भएर अस्तित्व जोगाउने कसरतमा लाग्दा भारतका माओवादीले आतंक मच्चाएका छन् । 

    भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । ४ घण्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

    शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अवरेसन चलाएका थिए । त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए ।

    त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो । माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ । तर घटनास्थलमा एक महिलाको मात्रै लाश भेटिएको सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले उक्त घटनाको भयङ्कर निन्दा गरेका छन् ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १५:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij