२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) सांसद गोकुल बाँस्कोटाले चितवनमा तीनपटक चुनाव हुने दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो दाबी गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने र चितवनका मतदातालाई पाँच वर्षमा तीनवटा चुनाव गर्नसक्ने जागरीला नेता र जनता भएको भन्दै उनले व्यंग्य गरेका छन् ।
बाँस्कोटाले लेखेका छन्, ‘चितवनका नेता पनि जनता पनि कति जागरिला भने चुनाव त पाच वर्षमा तीनवटा गर्न पनि तयारी हालतमा बस्न सक्ने ।’
त्यस्तै उनले कानूनविद् र सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको प्रतिवेदनमा सौदाबाजी नभए जान्नेलाई छान्ने चान्स हिउँदै पूरा हुने दाबी गरेका छन् ।
‘कानूनविदका वकिलीतर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्का जस्तै छ,’ उनले फेसबुकमार्फत दाबी गरेका छन् । ।
बाँस्कोटाले चितवनलाई ७८औँ जिल्ला यतिकै नभएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ।
गोकुल बाँस्कोटाले केही वर्ष पहिले ७० करोड सेक्यूरिटी प्रिन्टिङ प्रेसको टेप प्रकरणमा सफाइ पाएका थिए । उनी काभ्रे–२ बाट संघीय संसद्मा प्रतिनिधित्व गर्छन् ।
हेर्नुहोस् गोकुल बाँस्कोटाको फेसबुक स्टाटस :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij