२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमार्फत प्रदेश संरचनालाई हटाउन नसकिने बताएका छन् ।
प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला प्रमुख सत्ता साझेदार दलका सभापतिले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् । प्रदेश संरचनालाई अझ बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने उनको भनाइ छ ।
संविधान दिवसको सन्दर्भमा हिजो (मंगलबार) कांग्रेसको कानुन विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले समानुपातिक प्रणालीका विषयमा प्रश्न उठे पनि समावेशिताकोखिलापमा जनमत नरहेको बताए ।
‘आदिवासी, जनजाति, महिला, दलित सबैलाई यो शासन प्रणालीमा समावेशी गराउन आवश्यक छ । त्यसकारण समावेशी सिद्धान्त जरुरी पनि छ । अहिले भारतमा पनि समावेशी सिद्धान्त त्यो अम्बेडकर भन्ने एउटा महान विद्वानले बनाएको संविधान हो । त्यसमा समावेशिता अहिले पनि छ त्यहाँ । त्यसैकारण समावेशी हाम्रा लागि अझ बढ्ता आवश्यकता छ । त्यसकारण समावेशिता आवश्यक छ,’ उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij