Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

जात्रा

ओली–बालेन भेट्ने माध्यम बनेन इन्द्रजात्रा !

ओली–बालेन भेट्ने माध्यम बनेन इन्द्रजात्रा !


  • 1.8K
    Shares

    ओली–बालेन भेट्ने माध्यम बनेन इन्द्रजात्रा !
    images

    काठमाडौं । मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै छ । खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्यरूपमा यो जात्रा मनाइन्छ । 

    काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ । 

    इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो सवा २ बजे वसन्तपुर जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    तर, स्वागत गर्नुपर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भने इन्द्रजात्राको कार्यक्रममा सरिक नहुने भएका छन् । 

    अघिल्लो सोमबार भारत गएका शाह अहिले पनि उतै छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार उनी एक–दुई दिनमा नेपाल फर्कने कार्यक्रम छ ।

    मेयर शाह आफ्ना विद्यालयका पूर्व विद्यार्थीहरूसँग भेटघाटका लागि भारत गएको स्वकीय सचिव शाहले बताए । अघिल्लो वर्ष आयोजित इन्द्रजात्रा विशेष कार्यक्रममा भने मेयर शाह सहभागी भएका थिए । 

     

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - १६:३९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij