२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई/दुई जना नेता सम्मिलित कार्यदलले तीनचार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन् ।
कार्यदल सदस्य तथा कांग्रेस नेता डा. प्रकाशशरण महतले कार्यदलले काम गरिरहेको भन्दै बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij